धरान (सुनसरी), २३ फागनः सुनसरीक्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार रास्वपाका उम्मेदवार गोमा तामाङले दुई हजार ७९८ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले एक हजार ९४० मत प्राप्त गरी तामाङलाई पछ्याउँदै हुनुहुन्छ । त्यस्तै ५९६ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङतेस्रो स्थानमा हुनुहुन्छ ।
यस निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र–१ मा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २६ उम्मेदवार हुनुहुन्छ ।