फागुन २३, २०८२ शनिबार

सोलुखुम्बु, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा जारी मतगणनामा नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले सुरुआती अग्रता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले ५५० मत प्राप्त गर्नुभएको छ । 

    सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका असिम राईले ५५० मत प्राप्त गर्नुभएको छ । साथै नेकपा (एमाले)का कल्पना राईले ३२६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ऋषिधन कुलुङराईले २३८ गर्नुभएको जनाइएको छ । 

    जिल्लामा कूल ८५ हजार ५१५ मतदातामध्ये ४१ हजार ४०१ जनाले मतदान गर्नुभएको थियो ।