फागुन २२, २०८२ शुक्रबार

जनकपुर, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषाको निर्वाचन क्षेत्र नं ३ को हालसम्मको  मतगणना  परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मानिस झा अग्रस्थानमा रहनुभएको छ ।

     मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले २३ हजार ३११, नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधिले सात हजार ६५४ र नेकपा (एमाले)का उम्मेदवार जुलिकुमारी महतोले चार हजार १६ मत प्राप्त गर्नुभएको छ ।