फागुन २२, २०८२ शुक्रबार

कर्णाली, २२ फागुन : सुर्खेत निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले छ हजार ७३९ मतगणना हुँदा एक हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, नेकपा एमालेका कुलमणि देवकोटा एक हजार ९१७, नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले एक हजार ६६३ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले एक हजार २८० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । 

सुर्खेतको २ नं क्षेत्रमा १७ दलका प्रत्यासीहरू छन् । एक लाख २६ हजार ४१ मतदाता सङ्ख्या रहेको यो क्षेत्रमा ७३ हजार ३५६ मत खसेको थियो ।