फागुन २२, २०८२ शुक्रबार

सुन्दरहरैँचा, २२ फागुनः मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा रहनुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माले एक हजार ८१० मतसहित उहाँलाई पछ्याइरहनुभएको छ । 

यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले एक हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गर्नुभएको छ ।