फागुन २२, २०८२ शुक्रबार

गलकोट (बागलुङ), २२ फागुनः बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्काले सुरुआती अग्रता लिनुभएको छ । 

सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार यहाँ दुई हजार २५५ मतगणना हुँदा खड्काले एक हजार १३८ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका भीस श्रीसले ५२५ मत प्राप्त गर्नुभएको छ । 

    यस्तै, नेकपा (एमाले) का हिराबहादुर केसीले ३४६,  राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले ९१ मत र राप्रपाका कल्याण विक्रम आचार्यले १४ मत प्राप्त गर्नुभएको छ ।