फागुन २२, २०८२ शुक्रबार

काठमाडौँ, २२ फागुनः काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल २० हजार ९९२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । 

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४ः०० बजेसम्म ३२ हजार ७३३ मतगणना हुँदा नेपाली कांग्रेसका सबुज बानियाँ (कृष्ण) ले पाँच हजार १२७ र नेकपा (एमाले) का अमन मास्केले तीन हजार सात मत प्राप्त गर्नुभएको छ । 

    यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २० उम्मेदवार छन् ।