लुम्बिनी, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार रुपन्देही क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० हजार ४१४ मतगणना हुँदा रास्वपाका तौफिक अहमद खान पाँच हजार ८८ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । यसैगरी नेकपा (एमाले) का खिमलाल भट्टराइले एक हजार ७३४ तथा नेपाली कांग्रेसका भरतकुमार शाहले एक हजार ४२८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका मोहम्मद वकिल मुसलमानले एक हजार १५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त निर्वाचन क्षेत्रमा कुल एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८१ हजार ३५ मत खसेको थियो ।