फागुन २२, २०८२ शुक्रबार

रसुवा, २२ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य पाँच हजार ३११ मतसहित अग्रस्थानमा हुनुहुन्छ । 

आज दिउँसो २ः३० सम्म १२ हजार ४२९ मत गणना हुँदा  रास्वपाका वसन्त भट्टले दुई हजार ९८३, नेकपा (एमाले) का प्रेमबहादुर तामाङले २२५६मत प्राप्त गर्नुभएको छ । 
यहाँ कुल ४१ हजार ४७१ मतदाता रहेकामा २५ हजार ४५८ ले मतदान गका थिए ।