फागुन २२, २०८२ शुक्रबार

सुदूरपश्चिम, २२ फागुनः कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाउनुभएको छ । उहाँलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइरहनु भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९मत पाउनु भएको छ । 
 
एक लाख आठ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९हजार ६१मत खसेको थियो ।