फागुन २२, २०८२ शुक्रबार

कीर्तिपुर(काठमाडौँ), २२ फागुनः त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिनुभएको  छ । 

हालसम्म गणना भएका   ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गर्नुभएको  निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राससलाई जानकारी दिनुभयो । 

अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।