फागुन २१, २०८२ बिहिबार

सिमकोट (हुम्ला), २१ फागुनः हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको मतपेटिका ढुवानी नेपाली सेनाको हेलिकप्टर मार्फत हुँदैछ ।  
   
यसका लागि हेलिकप्टर लिमीको तील, जाङ, हल्जी सोही गाउँपालिका–४ को चालाको मतपेटिका ढुवानीका लागि हेलिकप्टर हुम्ला पुगेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो । आज उत्तरी लिमीको सुनखानी मावि मतदान केन्द्र हल्जी मतदान केन्द्रको मात्रै मतपेटिका ढुवानी हुने भएको छ  भने बाँकी मतदान केन्द्रका मतपेटिका शुक्रबार ढुवानी हुने भएको उहाँले बताउनुभयो । 
   
हल्जीको सुनखानी मतदान केन्द्रमा १६४ मत खसेको छ । बाँकी रहेका तील, जाङ र चालाका मतपेटिका शुक्रबार मात्रै ढुवानी हुने भएको छ । 
–––