भक्तपुर, २१ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।
अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
उहाँले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको छ ।
ओखलढुङ्गा, दोलखालगायतका जिल्लाको केही मतदान केन्द्रमा समस्या आएको जानकारी पाएको बताउँदै उहाँले भन्नुभयो, “देशभर शान्तिपूर्ण र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न हुने विश्वास लिएको छु ।”