फागुन २१, २०८२ बिहिबार

भक्तपुर, २१ फागुनः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज यहाँ मतदानपछि उहाँले अब आउने संसद् र सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधनका लागि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा आफ्नो पार्टीको ध्यान केन्द्रित गर्ने बताउनुभयो ।