मंसिर १८, २०८२ बिहिबार

काठमाडौँ, १८ मङ्सिर : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २८ पुगेको छ । काठमाडौँ गोर्खाजका बेन चाल्र्सले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २८ पुगेको हो । उनले पोखरा  एभेन्जर्स विरूद्ध  उनले ४८ बलमा  एक छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै उनी अर्धशतक जोड्ने २४आँै खेलाडीसमेत बने । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, ईशान पाण्डे, विराटनगर किंग्सका  लोकेश बम, मार्टिन गुप्टिल,  बसिर अहमद, पोखराका  सुमित बर्माले, जिमी निशम, एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन  साउद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, कर्णालीका मार्क वाट, लुम्बिनीका  डार्सी  सर्ट, जनकपुर  बोल्ट्सका  वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत,   अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक बनाएका छन् । 

कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।