मंसिर १८, २०८२ बिहिबार

काठमाडौँ, १८ मङ्सिर ः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली समाजमा मनाइनृ पर्वले एकता र सद्भावना बढाउँदै आएका उल्लेख गर्नुभएको छ ।
 
    उँधौली र यःमरि पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विविधतायुक्त राष्ट्र नेपालमा विभिन्न भाषा, धर्म, संस्कार, समुदाय र जातजातिका आफ्नै विशिष्ट परम्परा र संस्कृति रहेको स्मरण गर्नुभयो । 
 
    कावा सभापति खड्काले मुलुकमा एकअर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने आफ्नै विशिष्ट पहिचान रहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले किराँत समुदायको महत्त्वपूर्ण पर्व उँधौली, ज्यापू समुदायको सांस्कृतिक पहिचान बोकेको यःमरि पुन्हि (ज्यापू दिवस) र समृद्धिको प्रतीक धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायुको शुभकामना दिनुुभएको छ । 
 
    कावा सभापति खड्काले यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।