काठमाडौँ, १४ मङ्सिरः नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण भएको छ ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाशमीले शनिबार नव स्थापित प्रयोगशालाको उद्घाटन र हस्तान्तरण गर्नुभयो । उहाँले पाकिस्तानका जनताबाट प्राप्त सहयोगका आधारमा नेपालमा शिक्षा र डिजिटल सिकाइको लागि निरन्तरताका लागि साथ दिइएको बताउनुभयो ।
कार्यक्रममा पूर्वगभर्नर डा दीपेन्द्रबहादुर क्षेत्री, काठमाडौँ महानगरपालिकाको वडा नम्बर १३ का अध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख डा शमन्तमणि आचार्य, महाजगरको शिक्षा विभागका प्रमुख केशव ज्ञवालीलगायत सहभागी हुनुहुन्थ्यो ।
विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमालले विद्यालयलाई शिक्षण सहायताको रूपमा नवनिर्मित प्रयोगशालामा४०२ ब्रान्ड नयाँ कम्प्युटर, नयाँ फर्निचरलगायत सामग्री रहेका छन् ।