मंसिर १, २०८२ सोमबार

खार्तुम(सुडान), १ मङ्सिर : पछिल्लो समयमा बढ्दो मानविय आवागमनका तथा उच्च जनासङ्ख्याका कारण सुडानको मानविय अवस्था द्रुत रूपमा बिग्रँदै गएको संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले चेतावनी दिएका छन् ।

 वढ्दो माविय सङ्कटका कारण यस क्षेत्रबाट भाग्न खोज्ने नागरिकहरूमा निराशता बढ्दै गएको पोर्ट सुडानमा युएनएचसीआरको उप–कार्यालय प्रमुख ज्याकलिन विल्माले प्रकाश पार्नु भएको छ । 
 
उहाँले ठूलो सङ्ख्यामा मानिसहरू अल–फसिरमा रहेको जनाउदै उनीहरु हिँडिरहेको तर खतरा वा अल–फसिरमा फर्कने जोखिमका कारण उनीहरूलाई यात्रा रोक लगाइएको जनाउनु भएको छ ।

यसै गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडानमा बढ्दो भोकमरी र हैजाको प्रकोपले तीन हजार ५०० भन्दा बढीको ज्यान लिएको जनाएको छ ।

डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले सुडानले विश्वको सबैभन्दा खराब खाद्य सङ्कटको सामना गरिरहेको जनाउदै गत सेप्टेम्बर सम्म दुई करोड १० लाख भन्दा बढी मानिसहरूले खाद्य असुरक्षाको सामना गरिरहेको बताउनु भएको छ ।  

उहाँले अल–फसिर र काडुगलीमा अनिकाल व्याप्त भएको पुष्टि गर्दै अहिले दारफुर र कोर्दोफानका अन्य २० वटा क्षेत्रहरू खतरामा परेको जनाउनु भएको छ ।  

संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस (युएनएमएएस) का अनुसार खाद्यान्नको अभाव र रोगका कारण मात्र नभई विस्फोटक पदार्थ र लडाइँबाट पनि विभिन्न खतरा बडेका छन् ।   

संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले गत शुक्रबार अल–फसिरको अवस्था बारे छलफल गर्न र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मा सहरको पतनको क्रममा भएको सामूहिक हत्याको सम्बन्धमा तथ्य पत्ता लगाउने मिसन पठाउन सदस्य राष्ट्रहरूको अनुरोधलाई विचार गर्न एक सत्र आयोजना गरेको थियो ।

सुडानका विभिन्न क्षेत्रहरूमा सेना र आरएसएफबिचको लडाइँ बढिरहेको छ भने द्वन्द्वको सुरुवात भएको दारफुर क्षेत्र आरएसएफले गत महिना नियन्त्रणमा लिएको छ ।