कात्तिक २८, २०८२ शुक्रबार

काठमाडौँ, २८ कात्तिकः राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । 

संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने  सहरी विकास  मन्त्रालयले जनाएको छ । 

उक्त मन्त्रालयले  स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरसः पालना गर्न आग्रह गरेको छ ।