कात्तिक १७, २०८२ सोमबार

सिमकोट (हुम्ला), १७ कात्तिकः सर्केगाड गाउँपालिका–१ तुम्चका १२ वर्षीय अनिल लावड यतिबेला तीनवटा रोगसँग लडिरहनुभएको छ । उहाँको एक सातादेखि बाँकेको नेपालञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । 

    आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सकस भएको अनिलका बुबा चैते लावडले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान–बेलुका के खाने भन्ने चिन्ता छ । यस्तैमा छोरो अस्पतालको बेडमा लडिरहेको छ ।” 

    अनिलको आन्द्राको शल्यक्रिया गर्नुपर्ने भएको छ । यसका लागि रु सात लाख खर्च उहाँका बुबा चैतेले बताउनुभयो । “मसित पैसा नहुँदा छोरा बचाउन मुश्किल भएको छ”, उहाँले भन्नुभयो । 

    अनिल हेपाटाइटिस बी र कालाजारबाट समेत पीडित हुनुहुन्छ ।  उहाँका बुबा चैतेले छोरा बचाइदिन सबैलाई हारगुहार गरिरहनुभएको छ । सिटिजन्स बैङ्कको खाता नम्बर ०६५०१००००१४६९०२७ तथा आफ्नो मोबाइल नम्बर ९७६९२४६३९७ फोन गरी सहयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।