कात्तिक ९, २०८२ आइतबार

काठमाडौं, ९ कात्तिकः समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय पारीसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाललाई जितको लागि २६३ रनको लक्ष्य दिएको छ ।

    दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६२ रनको योगफल  बनायो । 
अमेरिकाका लागि समितले १०० बलमा ९ चौकाको सहयोगमा ७५ रन बनाए । त्यस्तै मिलन्दले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे भने  सैतेजा मुक्कामल्लले ४२ र शुभम रञ्जनेले १९ रन जोडे ।

    नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए । 
नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।---