कात्तिक ५, २०८२ बुधबार

काठमडौँ, ५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गर्नुभएको छ । 

कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।