कात्तिक १, २०८२ शनिबार

म्याग्दी, १ कात्तिकः म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता भएका छन् । 

    म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा एक जना पथप्रदर्शक र एक जना जर्मनका पर्यटक शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका हुन् । 

    जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पाको खोजी भइरहेको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिनुभयो । उनीहरुको आज सेभेन समिट 'ट्रेकिङ' कम्पनीले हेलिकप्टर परिचालन गरेर खोजी गरे पनि नभेटिएका प्रनाउ लामाले बताउनुभयो ।