कात्तिक १, २०८२ शनिबार

काठमाडौँ, १ कात्तिकः कवि शिवप्रसाद श्रेष्ठको एकैसाथ दुईवटा कविता सङ्ग्रहको आज लोकार्पण गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख वसन्ती श्रेष्ठ र वरिष्ठ साहित्यकार एवम् समालोचक डा योगेन्द्र प्रधानले संयुक्त रुपमा ‘आमाको स्वर’ र नेपाल भाषाको ‘ह्याँउगु निभाःया जः’ (चिनाखँ मुना) नामक कविता सङ्ग्रहको आज लोकार्पण गर्नुभएको हो । 

    कवि श्रेष्ठद्वारा लिखित ‘आमाको स्वर’ मा ८७ वटा कविता समावेश गरिएको छ । त्यसैगरी, नेपाल भाषाको ‘ह्याँउगु निभाःया जः’ (चिनाखँ मुना) मा ८१ वटा कविता सङ्ग्रहित छन् । श्रेष्ठका कविताहरुमा देशभक्ति, मातृप्रेम, मातृभाषा, धार्मिकलगायतका विषयवस्तु समेटिएका छन् । २०२० साल देखि २०३२ सालमा चन्द्रागिरिको श्री कृष्ण प्राथमिक विद्यालय, २०३२ सालदेखि २०३५ सालसम्म तत्कालीन बलम्बु प्राथमिक विद्यालय र २०३५ सालदेखि २०५७ सालसम्म र भीम प्राथमिक विद्यालयमा शिक्षण पेसामा संलग्न श्रेष्ठले तबलाको प्रशिक्षणसमेत दिँदै आउनुभएको छ । 

    सोही अवसरमा बागमती प्रदेशका उद्योगमन्त्री श्रेष्ठ कवि श्रेष्ठद्वारा लिखित दुई कविता सङ्ग्रहले नेपाली साहित्यको क्षेत्रमा थप बलियो बनाउन सहयोग पु¥याउने अपेक्षा गर्नुभयो ।