असोज १५, २०८२ बुधबार

बिर्तामोड, १५ असोजः जेन्जी आन्दोलनमा भग्नावशेषमा परिणत भएका यहाँस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका भवन रु ९० लाखको लागतमा पुनर्निर्माण भएका छन् । 

दुवै भवनको आज यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गरिएको छ । त्यस अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ र ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलसहितको टोलीलाई नगरवासीले फूलमालासहित  टोलीलाई अभिनन्दन गरेका थिए । 

त्यसअघि प्रहरीहरूका साथ नगरप्रमुख पवित्रा महतरा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, महासङ्घ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटीलगायत नगरवासीको टोलीले नगर परिक्रमा गरेको थियो ।