असोज १४, २०८२ मंगलबार

सिमकोट (हुम्ला), १४ असोजः रानीवन युवा क्लबको आयोजनामा सिमकोट गाउँपालिकामा आगामी शनिबारदेखि उपाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । 

    लिग चरणमा हुने प्रतियोगितामा जिल्लाका नौ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइयो । प्रतियोगितामा विजयी हुने समूहले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।