असोज ९, २०८२ बिहिबार

कोलम्बो, ९ असोज (एएफपी) : उत्तर–पश्चिमी श्रीलङ्काको पहाडी क्षेत्रमा केबलकार दुर्घटना हुँदा सात बौद्ध भिक्षुको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ ।

    बुधबार राति विशाल ना उयाना वन मठभित्रको पहाडको माथिको ध्यान कक्षतिर जाँदै गर्दा पीडितहरू सानो अस्थायी क्याबिनमा जम्मा भएका थिए । कारमा १३ जना भिक्षु थिए । दुई जना थोरै घाइते भएर भाग्न सफल भए भने अन्य चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    मृतकहरूमा भारत, रुस र रोमानियाका भिक्षुहरू रहेका छन् । प्रारम्भिक रिपोर्टले केबल टुटेको सङ्केत दिएको छ । केवल कार ट्र्याकमा जानुअघि उच्च गतिमा तलतिर खसेको थियो ।
    उक्त मठ राजधानी कोलम्बोबाट एक ३० किलोमिटर उत्तरपूर्वमा अवस्थित छ ।