दमौली (तनहुँ), २६ भदौः तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा आज एक महिलाको शव फेला परेको छ । डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०÷३५ वर्षीया महिलाको शव फेला परेको हो ।
पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक थापाले जानकारी दिनुभयो । निजको शवपरीक्षणका लागि अस्पातलमा राखिएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शरीरको माथिल्लो भागमा भेन्टा रङको टिसर्ट लगाएको, उक्त टिसर्टको अगाडि सेतो खैरो रङको गुडियाको चित्र भएको, उचाइ पाँच फिट दुई इन्च भएको महिलाको सनाखतको प्रयास भइरहेको छ ।”