साउन ३१, २०८२ शनिबार

गण्डकी, ३१ साउनः “मलाई जागिरकै खोजीका लागि विदेश जान मन छैन यहीँ केही गर्ने इच्छा छ”, स्याङ्जाको आँधिखोला गाउँपालिका–५ का युवा मीनबहादुर नेपालीले भन्नुुभयो ।

    विदेश नजाने इच्छा कै कारण आफ्नो खेतबारी नहुँदा पनि अर्काको खेत कमाएर नेपालीले यसै वर्ष ५६ मुरी धान र ३५० भारी पराल उब्जाउन गरेको सुखद् अनुुभव सुनाउनुभयो ।

    आँधिखोला गाउँपालिकाको समन्वयमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा नेपाली सहितका स्थानीयवासीले भइरहेका विकास, बढ्दो विदेश पलायनसँगै विकास निर्माणमा प्रदेशसभाको भूमिकालगायतका विषयमा आ–आफ्ना भनाइ राख्नुुभएको थियो । आफ्नो घर भए पनि गरिखाने खेत नभएको दुःखेसो व्यक्त गर्दै नेपालीले आँफूजस्ता स्वदेशमा नै केही गर्छु भन्ने युवाहरूलाई प्रोत्साहनसँगै सहयोग आवश्यक भएको बताउनुुभयो ।

    खेतीबालीसँगै व्यवसायिक रूपमा भैँसीपालन गर्ने आफ्नो इच्छा रहेको र स्वदेशमा नै केही गर्नुुपर्छ भन्ने आफ्नो सोच रहेको उहाँको भनाइ छ ।सोही वडाकै अर्का युवा बेदलाल सुनारले आफ्नै देशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ विदेश नजाने गरी आँफूू फर्केको बताउनुुभयो । देशमा बाहिरबाट हेर्दा जस्तो नकारात्मक पन यहाँ नपाएको बताउँदै उहाँले पछिल्ला समयमा विकासले पनि गति लिएको उल्लेख गर्नुुभयो । “यहाँको नागडाँडादेखि कार्कीनेटासम्मको बाटो हामी बच्चा हुँदै खनेको हो”, उहाँले भन्नुुभयो, “लगभग ३० वर्षको अन्तरालमा यहाँको बाटो राम्रो भएको छ, यस ठाउँको मुहार फेरिएको छ ।”

    सङ्घीय व्यवस्थासँगै स्थापित प्रदेशको पालिकासँगको समन्वयबारे आँफू त्यति जानकार नभएको बताउँदै उहाँले नागरिकको पहुँचमा प्रदेश पुुग्नुु अपरिहार्य भएकोमा जोड दिनुुभयो ।

    पौरखीसँग सिप रहेपनि जमिन नरहेको तर जमिन हुनेको जाँगर नदेखिएको समाजिक वास्तविकता सुनाउँदै उहाँले आँफू आगामी दिनमा माछापालन गर्ने सोचमा रहेको बताउनुुभयो ।

    त्यस्तै अर्का युवा विज्ञान नेपाली विगत १६ वर्ष यता यहीँ नै केही गर्नुुपर्छ भन्ने भावनासहित निरन्तर लागिरहेको बताउनुुभयो । आफ्नो व्यवसाय सञ्चालनका क्रममा स्थानीय तहका तर्फबाट राम्रो सहयोग पाएको उहाँको अनुुभव छ ।

    “रोजगारीकै लागि गाउँबाट शहर र शहरबाट विदेश पस्नुपर्ने अवस्था मैले देख्दिन । यही नै बसेर धेरै गर्न सकिन्छ”, उहाँले भन्नुुभयो ।

    आँधिखोला गाउँपालिका–२ का ओमप्रकाश सापकोटा विकास निर्माणका काममा गाउँपालिका प्रति आँफूको गुनासो नभए पनि प्रदेशको नामबाट आएका योजनाको अनुुगमन नभएको बताउनुुभयो । प्रदेशका सञ्चालन भएका योजनाको सामाजिक परीक्षण आवश्यक भएको उहाँको भनाइ छ ।

    गाउँठाउँमा पछिल्ला समयमा धेरै विकास भएको बताउने आधिखोला गाउँपालिका–५ की धनमाया विक पछिल्ला समयमा बाटोघाटोसँगै खानेपानीलगायतका समस्या समाधान भएको बताउनुुभयो ।

    जातीय छुवाछुतको प्रभाव कायमै रहेको बताउँदै उहाँले अन्तरजातीय विवाह गरेकै कारण समाजबाट भन्दा पनि आफन्तीबाट विभिन्न किसिमका उत्पीडन भोग्नुुपर्ने अवस्था रहेको बताउनुुभयो ।

    अर्का युवा प्रेमबहादुर नेपाली घरघरमा बाटोघाटोलगायतका आवश्यक सेवा सुविधा पुुगिसकेका अवस्थामा यही नै केही गर्नुुपर्छ भन्ने भावना जागृत हुनुु अपरिहार्य भएको बताउनुुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता पञ्चराम गुुरुङले स्वदेशमा नै केही गर्छुु भन्ने युवालाई राज्यको प्रोत्साहन आवश्यक भएको बताउनुुभयो ।

    देशमा वार्षिक बजेटभन्दा ऋण बढी हुनुु चिन्ताजनक भएको उहाँको भनाइ छ । प्रदेशको आफ्नै साधनस्रोत पनि नरहेको अवस्थासँगै यसका सम्बन्धमा भनाइ र व्यवहारमा समानता नदेखिनुुलगायतका कारण राप्रपाले वर्तमान संविधानमा आलोचनात्मक समर्थन गर्दै प्रदेश आवश्यक छैन भन्ने विषयलाई उठाउँदै आएको उहाँले बताउनुुभयो ।

    गण्डकी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले सङ्घीयताको जग प्रदेश भएको जिकिर गर्नुुभयो । प्रदेश संरचनालाई प्रभावकारी बनाउनका लागि प्रणालीलाई बलियो बनाउनुु आवश्यक भएको बताउँदै उहाँले पछिल्ला समयमा प्रदेशका प्रति विभिन्न किसिमबाट नकारात्मक टिप्पणी भइरहेको बताउनुुभयो ।

    कार्यक्रममा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेल, उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष कमलप्रसाद पौडेल, कृष्णप्रसाद पनेरु, नविन ढकाल, कमलकाजी अधिकारीलगायतले राज्यका तीनवटै तहबीचको सहकार्य र समन्वयबाट मात्रै भएगरेका कामको प्रभावकारिता अभिबृद्धि हुने धारणा राख्नुुभयो ।