रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको आगामी बैठकले द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउन मद्दत गर्नसक्ने रुसले आशा गरेको रूसी दैनिक इजभेस्टियाले मङ्गलबार रूसी उप विदेशमन्त्री सर्गेई रयाबकोभलाई उद्धृत गर्दै बताएको छ ।
रयाबकोभले अलास्का शिखर सम्मेलनले दुई देशबीच प्रत्यक्ष यात्री उडानहरू पुनः सुरु गर्ने लगायत विशेष मुद्दाहरूको समाधानलाई अगाडि बढाउन मद्दत गर्न सक्ने बताउनुभयो ।
“हामीलाई आशा छ कि आगामी उच्चस्तरीय बैठकले द्विपक्षीय सम्बन्धको सामान्यीकरणलाई प्रेरणा दिनेछ, जसले हामीलाई हवाई सम्पर्क पुनःस्थापना जस्ता मुद्दाहरूमा अगाडि बढ्न अनुमति दिनेछ”, उहाँले भन्नुभयो ।
सोमबार ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति पुटिनसँगको आफ्नो आगामी बैठक ‘परीक्षण गर्ने’ बैठक हुने बताउनुभयो ।
रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले स्थलको छनोटलाई ‘तार्किक’ भन्नुभएको छ । यो यस्तो क्षेत्र हो जहाँ दुवै देशको आर्थिक हितहरू एकअर्कामा मिल्छन् ।