असार १, २०८२ आइतबार

    वासिङ्टन, असार :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्यो भने उसले अमेरिकी सेनाकोपूर्ण शक्तिभोग्नुपर्ने चेतावनी दिनुभएको     
 तेहरानका आणविक गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनकोकुनै संलग्नता नरहेकोउहाँले दोहोर्याउनुभयो     
    
 तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक सैन्य ठाउँहरूलाई निशाना बनाएको यसमा शीर्ष सेना कमाण्डर आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको     
    
 इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलेआयातोल्लाह शासनको हरेक लक्ष्यमा आक्रमण गर्ने प्रतिज्ञा गर्नुभएको इरानले घातक मिसाइल आक्रमणका साथ जवाफ दिएको     
    
 ट्रम्पले इजरायली अपरेसन सुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताउनुभएको थियो उहाँले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाकोआज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैनभनी दोहोर्याउनुभयो     
    
 “यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण ¥यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति बल तपाईंमाथि यस्तो स्तरमा आइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन”, उहाँले एक पोस्टमा भन्नुभयो, “हामी इरान इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ !!!”    
    
 ट्रम्पले शुक्रबार तेहरानलाई सम्झौता गर्न वा इजरायलबाटअझ क्रूरआक्रमणको सामना गर्न आग्रह गर्नुभएको थियो     
    
 आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा संयुक्त राज्य अमेरिकालाई फिर्ता लिनुभएपछि इरानसँगको ऐतिहासिक आणविक सम्झौता २०१८ मा ध्वस्त भएको थियो उहाँले इरानमाथि पुनःप्रतिबन्धहरू लगाउनुभएको थियो उक्त सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो