जेठ २०, २०८२ मंगलबार

काठमाडौँ, २० जेठः राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसदहरूले नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने बताउनुभएको छ । उक्त पार्टीका सांसद सुरेशकुमार आलेमगर र विष्णुबहादुर विश्वकर्माले संसद् सञ्चालनका निम्ति पनि गृहमन्त्रीले राजीनामा गर्नुपर्ने बताउनुभएको हो ।      

    नेपाली कांग्रेसका  किरणबाबु श्रेष्ठले राजनीतिक दलहरु जनताका असन्तुष्टि सम्बोधन गर्न जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यौँ । त्यसपश्चात्का गतिविधिहरु हेर्ने हो भने पनि हामी उनीहरुलाई (राजावादीहरु) मात्र दोष दिएर पन्छिन पाउँदैनाँै”, सांसद श्रेष्ठले भन्नुभयो । 

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का  उदयबहादुर बोहराले सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग गरेको सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारसँग सहमतिमा गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले पत्राचार गर्न तयार भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।  

    जनता समाजवादी पार्टी नेपालका मोहमद खालिदले जनतामा व्याप्त निराशालाई जनपक्षीय कामबाट हटाउन राजनीतिक दलहरु संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।