जेठ २०, २०८२ मंगलबार

जुम्ला, २० जेठः तातोपानी गाउँपालिका–४  फुलचौल्यामा पर्यटकलाई सहजताका लागि सुविधा सम्पन्न धर्मधाला निर्माण गरिएको छ । गिडिदहलाई प्रवर्द्धधन गर्न धर्मशाला निर्माण गरिएको हो । 

    तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाखको लागतमा धर्मशाला निर्माण गरिएको हो । 

    धर्मशालासँगै खानेपानीको धारा र शौचालय पनि निर्माण गरिएको छ । गिडिदह समुद्री सतहदेखि तीन हजार ४८५ मिटरको उचाइमा रहेको छ । गिडिदहको लम्बाई एक हजार ५१० मिटर, चौडाई ६५० मिटर तथा गहिराई ४२ दशमलव ८ मिटर रहेको छ । 

    डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा धर्मशाला निर्माण गरिएको हो । धर्मशाला निर्माणले गिडिदहको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत भरत बुढ्थापाले बताउनुभयो ।