जेठ १३, २०८२ मंगलबार

बाजुरा, १३ जेठः जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै  मृत्यु भएको छ । 
    
    दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ । 

    नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।