बैशाख २३, २०८२ मंगलबार

काठमाडौँ, २३ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद  योगेशकुमार भट्टराईले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम युवालक्ष्यित एवं लगानीमैत्री भएको बताउनुभएको छ ।
 
    प्रतिनिधिसभाको आजको बैठकमा उहाँले नीति तथा कार्यक्रममा युवालाई रोजगारी दिने र लगानी गर्नेका लागि उपयुक्त नीतिको सुनिश्चितता गरिएको बताउनुभयो ।
 
    “एकीकृत योजना बैङ्कको व्यवस्था, औद्योगिक, वातावरण र युवाकेन्द्रित नीति तथा कार्यक्रम  छन्, कृषि, उद्योग, उत्पादन, पूर्वाधार विकासका निम्ति नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ”, सांसद भट्टराई भन्नुभयो । 

    उहाँले विश्वका विभिन्न भागमा छरिएर रहेका नेपालीको पुँजीलाई एकीकृत गर्न सकेमा देशको आर्थिक विकासका निम्ति अरुको मुख ताक्नुपर्ने अवस्था नआउने तर्क गर्नुभयो । ऊर्जा, कृषि, पर्यटनका माध्यमबाट मुलुकको उन्नति हुने उहाँको अभिमत थियो । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै सांसद भट्टराईले  
    “छिमेकी मुलुकलाई विद्युत् बेच्छौँ, सस्तो बेच्ने महँगोमा किन्ने गर्नु हुँदैन, यो स्थितिलाई अन्त्य गर्न जरुरी छ ।