बैशाख १९, २०८२ शुक्रबार

काठमाडौँ, १९ वैशाखः सरकारले योग एवं ध्यानमार्फत सकारात्मक सोचको विकास गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा नेपाललाई आरोग्य र ध्यान पर्यटन प्रवद्र्धन केन्द्रका रुपमा स्थापित गर्ने नीति लिने व्यवस्था गरिएको उल्लेख छ । योग एवं ध्यानका माध्यमबाट नकारात्मकता हटाएर सकारात्मक सोचको विकास गर्न लागिएको नीति तथा कार्यक्रममा उल्लेख छ । 

भगवान् शिवबाट योग हिमत्वखण्डबाट नै सुरु भएको शास्त्रीय प्रमाण छ । हिमालयको देश नेपाल योग, ध्यानका लागि उचित स्थल मानिन्छ । विश्वमा चर्चित धेरै सन्त योग, ध्यानको अभ्यास गर्न नेपाली भूमिमै आएको इतिहास छ । 
 
सरकारले प्राकृतिक, सांस्कृतिक र सुरक्षित पर्यटकीयस्थलको विकास गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका थप स्थललाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्न पहल गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।