बैशाख १९, २०८२ शुक्रबार

काठमाडौँ, १९ वैशाखः स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवाका लागि सङ्घीय स्वास्थ्य सेवा ऐन तर्जुमा गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन तर्जुमा गरिने बताउनुभयो ।

यसैगरी उहाँले सातै प्रदेशमा सघन जलन उपचार र मुटुरोग सेवा विस्तार गरिने र दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरु सञ्चालन गरिने बताउनुभएको छ ।