जेठ ३१, २०८१ बिहिबार

३१ जेठ: ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । 

५० वर्षीय वडाध्यक्ष कार्कीको बुधबार बेलुका निधन भएको हो । उनी हड्डीको क्यान्सरबाट पीडित भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । कार्कीका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् । 

गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष कार्कीको निधनको शोकमा मोलुङ गाउँपालिकाले बिहीबार एक दिन गाउँपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ । 

molung