काठमाडौँ – नेकपा एमाले त्यागेका नेता घनश्याम भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले त्यागेर रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार उनी अबको केही दिनमा औपचारिक रूपमा पार्टी प्रवेश गर्दैछन्।
एमालेबाट अलगिएपछि पछिल्लो समय आफूलाई वाम एकताको पक्षधर भन्न रुचाउने भुसाललाई केही समययता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित केही नेताले पार्टी प्रवेश गर्नका लागि आह्वान गरिरहेको थिए।
रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए। उनले स्वतन्त्र उम्मेदवारी दिएको भएपनि उनलाई सत्ता गठबन्धनले समर्थन गरेको थियो।