पुस २६, २०७९ मंगलबार

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले चलिरहेको छ।

संसद भवन नयाँ बानेश्वरमा केहीबेर अघि सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेरनदिने भन्ने निर्णय गर्नेछ।

आज बिहान बसेको पदाधिकारीले निर्णय लिन नसकेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कार्य सम्पादनको बैठक लगत्तै कांग्रेस संसदीय दलको बैठक बस्नेछ। कांग्रेसकै बैठक लम्बिएका कारण प्रतिनिधि सभा बैठक दुई घण्टा पछाडि धकेलिएको छ।

प्रतिनिधि सभामा कांग्रेस ८९ सिटसहित सबैभन्दा ठूलो दलको रुपमा रहेको छ। आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।