मंसिर १२ गते (भोलि) मधेश प्रदेश सरकारले सीताराम विवाह पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विवाह पंचमीका अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन् ।
त्रेता युगमा माता सीता र भगवान् श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत आइतबार माता सिताको मटकोर विधिको तयारी गरिँदै छ । आइतबार ऐतिहासिक गंगासागर पोखरीमा सिताको मटकोर गरिनेछ ।
भोलि जानकी मन्दिर परिसरमा सीता(राम स्वयंम्वर अर्थात् विवाह समारोह गरिनेछ । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल(भारतका लाखौं श्रद्धालु सहभागी हुनेछन् । 