काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका ललितपुर क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका डा. सचिन घिमिरेले गोदावरी नगरपालिकास्थिति टाखेलमा मंगलबारबाट अनसन सुरु गरेका छन् ।
नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के कति खर्च गरेका हुन्, त्यसको विवरण सार्वजनिक गर्नुपर्नेलगायत ५ बुँदे माग उनले राखेका छन् ।
त्यस्तै, गाउँमा बाँदरले दुःख दिएको बाँदरको व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । दुई जना विद्यार्थीको पढाइ खर्च बेहोरिदिन, गोदावरी नगरपालिकाले स्वयंसेविकामार्फत किशोरीलाई खुवाइरहेको आइरन चक्कीको औचित्व प्रमाणित गर्नुपर्ने, कोन्ज्यासोम गाउँपालिकाका दलबहादुर विकलगायतको उपचार गर्नुपर्ने माग राखेका छन् ।
उनले निर्वाचनको मौन अवधिमा पनि आफ्नो अनसन जारी रहने बताएका छन् ।